Section 12
योजना कार्यान्वयन समिति:

(१) समितिको रेखदेख, निर्देशन र नियन्त्रणमा रही योजना कार्यान्वयन गर्न कोषको कार्यालयमा योजना कार्यान्वयन समिति गठन हुनेछ ।

(२) योजना कार्यान्वयन समितिका अध्यक्षले मनोनीत गरेका व्यक्तिहरू रहने छन्।

(३) उपदफा (१) बमोजिम योजना कार्यान्वयन समिति गठन नभएसम्म यो ऐन प्रारम्भ हुँदाको बखत रहेको लुम्बिनी विकास समितिले यसै ऐन बमोजिम उक्त समितिको
रूपमा काम गर्नेछ ।